टाइगर कप: महिलातर्फ आर्मी तेस्रो
पाेखरा | माघ ५, २०८०
पोखरा: पोखरामा जारी चौथो टाइगरकप भलिबल प्रतियोगितामा महिलातर्फ त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा तेस्रो स्थानको लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो ।
त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई २५–१७, १८–२५, २५–२० र २५– १९ ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको हो ।
यस्तै पुरुषतर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौं र श्रीलंकाको आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो सेमिफाइनल खेलमा गत संस्करणको विजेता घरेलु टोली गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । गण्डकीको टोलीमा तीन भारतीय खेलाडी रहेका छन् । गण्डकी उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान प्रवेश गर्दा एपिएफ गत संस्करणमा फाइनलमा भोगेको हारको बदला लिँदै उपाधि नजिक पुग्न चाहान्छ ।
महिलातर्फ भने नेपाल एपिएफ क्लब र न्यू डायमण्ड स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका थिए ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

